बुधबार, आषाढ १०, २०७७ || 901  पटक पढिएको

कोरोना सङक्रमित बढ्दै गएपछि बुधबारदेखि बैतडीको सदरमुकाम सील गरिएको छ । दशरथचन्द नगरपालिका भित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाका अनुसार अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधन बाहेकका सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

नगर क्षेत्र भित्र कोरोना सङ्क्रमितको सङ्ख्या २९ स्थानीय पुगेपछि प्रशासन ऐन २०२८ को ६९३० क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको नगर प्रमुखको भनाई छ ।

सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने तथा नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने गरि निणर्य भएको उनले बताए ।

यता डडेल्धुरामा समेत कोरोना संक्रमित बढेपछि सदरमुकामसहित गन्यापधुरा गाँउपालिका अर्काे सुचना जारी नहुन्जेल पूर्ण रुपमा सील गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!