मंगलबार, आषाढ ०९, २०७७ || 1515  पटक पढिएको

डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का युवाले उक्त सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार उनीहरुले रोपाइँ गरेका हुन् ।

जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती दिने गरेको भए पनि मर्मत सम्भारमा कुनै चासो नदिएपछि बाध्य भएर रोपाइँ गर्नु परेको स्थानीय युवाको भनाइ छ । सोही वडा निवासी युवा कौशल यादवले भने, ‘सडक भएर पनि कामलायक छैन जनताले सास्ती खेप्नु परिरहेको छ ।
यस्तोमा धान नरोपेर के गर्नू ?’

यसै गरी अर्का युवक करण यादवले डेढ वर्षदेखि लथालिंग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा कैयौं पटक दुर्घटनासमेत भइसकेको बताए । उनले आफूहरुले रोपाइँ गर्नु रहर नभइ बाध्यता नै बनेको भन्दै आक्रोश व्यक्त गरे । सडकमा रोपाइँ गरेपछि सप्तरीको सदरमुकाम राजविराजदेखि पूर्वतर्फको आवागमनसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!