मंगलबार, आषाढ ०९, २०७७ || 884  पटक पढिएको

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी ओलीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै आजको राष्ट्रिय सभा बैठकमा उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भन्ने प्रश्न गरेका हुन् ।

सांसद पन्थले पुष्टि नै भएका कुरा सुनाएर सल्लाहकारहरुले प्रधानमन्त्री ओलीलाई भ्रममा पारेको समेत बताए । सांसद पन्थले स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको पनि बताए ।

लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने उल्लेख गरे । पन्थले अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारसँग माग पनि गरे ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!