सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न. ६ (भोक्राहा)मा १ सय ३० मिटरको आर.सि.सि सडक निर्माण को कार्य शुरु भएको छ ।
सिरहा निर्वाचन क्षेत्र नं.४ (ख)बाट निर्वाचित भएका प्रदेश नं.२ उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलको संस्दीय विकाश कोषबाट उक्त पक्की सडकको निर्माण कार्य शुरु भएको हो ।

कल्याणपुर नगरपालिका वडा नं.६ (भोक्राहा)मा दश लाखको लागतमा पक्की सडक निर्माण हुन लागेको स्थानिय जनता समाजवादी पार्टीका यूवा नेता प्रदिप कुमार साहले बताउनुभएको हो ।
उक्त निर्माण हुन लागेको सडक शिलान्यासमा स्थानिय जनता समाजवादी पार्टीका यूवा नेता प्रदिप कुमार साह, कल्याणपुर नगरपालिका वडा नं.५का वडाअध्यक्ष दिपेन्द्र बरबरिया यादव, समाज सेवी कुशेशवर साहलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!