नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगञ्जमा चाँदी जस्तो टल्किने मूर्ति भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मूर्ति भेटिएको हो ।

नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानीय ४ जना बालकले खेल्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् । सुरुमा टल्किएको केही बस्तु जस्तो देखिएपछि कोट्याएर हेर्दा मूर्ति भेटिएको स्थानीय १० बर्षीय बालक सुमित नागले बताए । मूर्ति देखिएपछि ४ जनाले पनि निकाल्न नसकेपछि स्थानीयवासीलाई खवर गरेको उनीहरुको भनाइ छ ।

मूर्ति चाँदीको हुन सक्ने स्थानीय मिरा श्रेष्ठको अनुमान । स्थानीयवासीले मूर्ति हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान पनि गरेका छन् । माटो भित्र रहेपनि मूर्तिमा खिया नलागेको स्थानीय मिरा श्रेष्ठले जानकारी गराउनुभयो । अहिले वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्त मूर्ति राखिएको छ ।

मूर्ति स्थानीय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको उक्त मूर्ति ७ किलो भन्दा बढीको रहेको छ । अहिले मूर्ति हेर्नेको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!