सोमबार, आषाढ ०८, २०७७ || 1104  पटक पढिएको

जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् ।
कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् । केही वर्षयता कपिलवस्तुमा वृक्षरोपणको लहर नै चलेको छ । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रि«य वृक्षरोपण वर्षका लागि कपिलवस्तुमा १२ लाख बिरुवा उत्पादन गरिएको हो ।
प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा रहेका नर्सरीमा फलफूल, शोभनीय, अम्रिसोसहित विभिन्न प्रजातिका बिरुवा उत्पादन भएका छन् ।
वन दशकको नारा एक व्यक्ति एक रुख, एक नगर एक उद्यान तथा एक गाउँ एक वनलाई आधार बनाएर काम गरिएकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । त्यस्तै गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख दुर्गाबहादुर कार्र्कीले वृक्षरोपण वर्ष र वन दशक सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!