आइतबार, आषाढ ०७, २०७७ || 751  पटक पढिएको

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य पदार्थ सस्तोडील कम्पनीले उपत्यकाभित्र डेलिभरी चार्ज नलिई घरघरमा पु¥याउँदै आएको छ । चक्रपथ बाहिर होम डेलिभरीका लागि खाद्यले सो कम्पनीसँग व्यापार साझेदारी गरी सेवा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कम्पनीले गत आइतबारदेखि निःशुल्क (डेलिभरी चार्ज नलिई) रुपमा खाद्य पदार्थको डेलिभरी गर्दै आएको छ । “बन्दाबन्दीमा चक्रपथभित्र डेलिभरी गरिएको थियो, चक्रपथ बाहिर डेलिभरीको शुरुआती चरण हुँदा खासै अनलाइन अडर आएको छैन्”, उहाँले भन्नुभयो, “दिनमा पाँचदेखि १० स्थानबाट आएको अडर सस्तो डिलले डेलिभरी गर्दै आएको छ ।” बन्दाबन्दीको समयमा निःशुल्क रुपमा डेलिभरी र कम्पनीले खाद्य पदार्थ खरिदमा १० प्रतिशत छुट दिइएको छ । उपभोक्ताले माग गरेको दुई दिनभित्रमा डेलिभरी गरिएको सस्तो डिलले जनाएको छ । नारायणस्थान, पेप्सीकोला, भक्तपुर, भैँसीपाटी, हात्तीवन लगायतका स्थानबाट आएको माग अनुसार हेलिभरी गरिएको सस्तो डिलका प्रमुख वाणिज्य आधिकृत (पिसिओ) अमीतेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यसँग सडक सुविधा भएका स्थानमा डेलिभरी गरिने गरी सम्झौता भएको छ । सस्तोडिलबाहेक खाद्यले हाम्रो किरानासँग पनि व्यवसायी साझेदारीको तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्तालाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न माग अनुसारका विभिन्न खाद्य पदार्थहरु बिस्तारै थप गर्दै लगिनेछ । शुरुआती चरणमा चामल, दाल, केराउ र कर्णालीको सिमी अनलाइनमार्फत बिक्री गरिएकामा बिस्तारै विभिन्न कम्पनीसँगको समन्वयमा अन्य सामग्रीहरु थप गरिएको छ । कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर बिक्रीमा राखेको छ । बन्दाबन्दीमा कम्पनीसँग भएको चिनियाँ इन्फ्रारेड चुला सकिएपछि कम्पनीले वाल्ट्रा कम्पनीसँग समन्वय गरेर रु चार हजारमा चुलो बिक्रीमा राखेको छ । बजारमूल्यभन्दा सस्तोमा चुलो बिक्रीमा राखिएको उहाँले जानकारी दिनुभयो । यसैगरी खाद्यले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पीठो र आयो नून, डिडिसीसँग समन्वय गरी शुद्ध घ्यू बिक्री गर्दै आएको छ । कम्पनीसँग भएको रञ्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्री वितरण हुँदै आएको छ । अनलाइन बिक्री वितरणबाहेक काठमाडाँै उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक गरी पाँच स्थानबाट सेवा प्रदान गर्दै आएको छ । प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिँदै आएको छ । अनलाइनमार्फत अडर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान माग गर्नसकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!