आइतबार, आषाढ ०७, २०७७ || 619  पटक पढिएको

बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उहाँले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले बाढीको ठूलो खतरा देखिएको जनाउनुभयो । पानीको सतह ६ मिटर पुगेपछि राप्तीमा बाढी आउने र सो बाढीले बाँकेका धेरै ठाउँमा क्षति पुर्याउने छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कुसुममा रहेको सो बाढी मापन केन्द्रबाट बाढीसहितको नदी होलियासम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्ने भएकोले तत्काल खतराको साइरन बजाइएको बताउनुभयो ।

साइरन बज्नेबित्तिकै नदी पस्ने सम्भावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानमा जान थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न एफएम रेडियो र अन्य माध्यमबाट सम्भावित खतरामा रहेकाहरूलाई अग्लो ठाउँमा जान सूचना तथा जानकारी दिने काम गरिएको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने सम्भावित क्षेत्रहरूमा साइरन बजाइएको जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरू, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्यधिक जोखिममा रहेका छन् ।

नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन करिब चारदेखि पाँच घण्टा लाग्ने बुढाथोकीले बताउनुभयो । राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, नरैनापुरमा डुबान हुने गर्दछ । अहिले नदीको सतहले ५.७४ मिटर पार गरिसकेकोले ती क्षेत्रमा डुबान हुने निश्चित भएको छ ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरू समयमा खोलिदिँदा डुबानको जोखिम कम हुन्छ । तर, बाँधको ढोकाहरू खोल्दा आफ्नो देशमा डुबान हुने भएकाले भारतले ढोका खोल्दैन, जसले गर्दा बाँकेमा डुबान हुँदैआएको छ ।

जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ ।

नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउनेबित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् ।

राप्ती नदीले खतराको सङ्केत पार गरेर माथि बग्न थालेको जानकारी साइरनमार्फत आउनेबित्तिकै सम्भावित सबै क्षेत्रमा चेतावनी जारी गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।-गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!