भारत र चीनबीच गलवान उपत्यकामा निम्तिएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ । गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी भारत र चीनबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीय रुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’

यसअघि गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि ठूलो संख्यामा सैन्य क्षति भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेपनि यस विषयमा चीनले केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!