नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतबाट विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग राखेका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग शुक्रबार कुरा गर्दै डा.कोइरालाले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताए । उनले विदेशी महिलालाई नागरिकता दिँदैमा नेपाललाई फिजी बनाउन नसकिने बताए ।

‘विदेशी महिलाले विवाह गरेर आइसकेपछि आफ्नो नागरिकता बुझाइसकेको छभने विदेशी बुहारीलाई नागरिकता दिन केको आपत्ति र?’, उनले प्रतिप्रश्न गर्दै भने, ‘अरु (भारत)को हामीले किन फलो गर्ने ? हाम्रो आफ्नै हुनु पर्यो नि ।’

‘न्यायाधीश बन्न नदिने, प्रधानमन्त्री बन्न नदिने, राष्ट्रपति बन्न नदिने यो ठीक हो’, महामन्त्री डा.कोइरालाले भने, ‘किन सात वर्ष लगाउने ? किन पर्खिने ?’

‘अहिलेको अवस्थामा कांग्रेसको विमती छ । ०६२/६३ को आन्दोलनपछि राखिएको नागरिकताको व्यवस्था ठीक छ’, उनले भने, ‘नागरिकता दिएर नेपाल फिजी बन्दैन । विवाह गरेर ल्याइसकेपछि नागरिकता दिनुपर्छ ।’

विदेशी महिलालाई विवाह गरेर आएको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने भनेर आवाज उठेका बेला कांग्रेसका महामन्त्री डा.कोइरालाले विदेशी महिलाहरूलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिनुपर्ने अडान लिएका हुन् ।

०६२/६३ को आन्दोलनपछि भारतीय नागरिकहरूले नेपाली नागरिकता लिएको भनेर आवाज उठेको छ । त्यस बेला विवाह गरेर आउनेवित्तिकै भारतीय महिलालाई नेपाली नागरिकता दिने प्रावधान समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!