चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए ।

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।

१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ ।

यस्तै चीनले हताहत भएका आफ्नो सैनिकको संख्या सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!