बिहिबार, आषाढ ०४, २०७७ || 752  पटक पढिएको

कोरोना सङ्क्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव धनगढीको मोहना घाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मृतकको शव सरकारले तयार गरेको मापदण्ड अनुसार प्रक्रिया पु¥याएर व्यवस्थापन गरिएको उनले बताए । शव व्यवस्थापनका क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!