विराटनगर महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं– १३ की ३६ वर्षिया एक महिला र उनको ८ महिनाको छोरालाई समेत कोरोना संक्रमण देखिएको हो । उनीहरु केही दिनअघि भारतको सिलगुढीबाट आएका थिए ।

होम क्वारेन्टिनमा बस्दै आएका उनीहरुको कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आमामा कोरोना देखिएपछि ८ महिने बच्चाको पनि स्वाब संकलन गरी थप परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । यो समेत विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!