बिहिबार, आषाढ ०४, २०७७ || 767  पटक पढिएको

राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।

अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ?

संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फरक पर्दैनथ्यो, पूर्ण लकडाउन गरियो। अर्थात्, जोखिमपूर्ण समयमा बजार खचाखच हुँदै गएका छन्। तर, सर्वसाधारणमा त्यसको कुनै परवाह नभएको आभास हुन्छ।

इन्द्रचोकका व्यापारी हरि श्रेष्ठ बुधबार ग्राहक कुरिरहेका थिए। किनमेल गर्ने कम भए पनि ओहोरदोहोर गर्ने टन्नै देखिन्थे। साँघुरो गल्लीमा आपसमा ठोक्किँदै बढिरहेका थिए। ‘हाम्रो ठाउँ नै साँघुरो छ’, उनले भने, ‘बाटो पनि सानो छ। हामीलाई दूरी कायम गर्न एकदम मुस्किल छ। पसलमा किनमेल गर्न आउनेहरू पनि सचेत भइदिए कम जोखिम हुन्थ्यो।’

असन, इन्द्रचोक, न्युरोडलगायत ठाउँमा पुरानै अवस्थाजस्तो मानिसको चाप देखिन थालेको छ। सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलोे बनाएसँगै उपत्यकाका प्रायः पसल खुल्न थालेका छन्। केही दिनयता असनका कपडा, भाँडाकुँडा, गहना, खुद्रालगायत सबै पसल खुलेका छन्। कामदार पनि आउन थालेका छन्। भारी बोक्ने मजदुर पनि पसलका सामान ओसार्ने कामको खोजीमा हिँडिरहेका देखिए।

सडकमा हिँड्नेको चाप पनि बढेको देखियो। किनमेलमा आउनेभन्दा हिँडडुल गर्ने धेरै भएको पसले बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!