विश्वमा बिभिन्न जातजाती तथा समुदाय छन् । उनीहरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् । दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् जसका बारेमा सुन्दैमा निकै अप्ठेरो महसुस हुन्छ र लज्जाबोध पनि हुन्छ । कतिपय समुदायमा सुन्दा पत्याउनै नसकिने कुरीतिहरु अझै प्रचलनमा रहेको पाइन्छ । सायद आफ्नै बुवासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोँच्न पनि नसकिने कुरा हो ।

यस्तै एउटा रोचक प्रचलन बंगलादेशमा अझै रहेको बताइन्छ । जहाँ आफ्नै बाबुसँग छोरीको बिहे गराइन्छ । एक समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ ।

बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै मान’सिक रुपमा लोग्ने स्वीकार्ने अवस्थामा पुगिसकेका हुन्छन् । बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ ।

त्यहाँको मण्डी जातिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कु’प्रथा रहेको छ । यो समुदायमा अर्को प्रथा पनि रहेको छ । यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृ’त्यु भएमा विधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ ।

भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!