सोमबार, आषाढ ०१, २०७७ || 977  पटक पढिएको

कालापानी लिपुलेक बारे दिएको अभिव्यक्तिका कारण जनता समाजवादी पार्टीका सांसद सरिता गिरी विवादमा तानिएकी छिन् । गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएपछि उनको चौतर्फी विरोध भइरहेको छ । उनको यस अभिव्यक्तिको विरोध सबैतिरबाट चर्किएको छ । यसै बिच कलाकार दीपकराज गिरीले सांसद गिरीलाई व्यङ्ग्य गरेका छन् । सरिता गिरीलाई नदीको संज्ञा दिँदै दीपकले उल्टो बगेको नदीबाट सुल्टो आस गर्न आह्वान गरेका छन् । दीपक भन्छन्, सरिताको शाब्दिक अर्थ नदी हो जुन नेपालबाट भारत बग्छ तर सरिता एउटा नदी हो जो भारत हुँदै नेपालतिर उल्टो बगेर आएको छ । उनले यसरी उताबाट आएको मान्छेबाट नेपालको माया हुने बारे सोच्नु हुँदैन ।

उनले आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै सारिताको अभिव्यक्त विरुद्ध व्यङ्ग्य गरेका हुन् । हेरौँ के लेखेका छन् उनले:
सरिताको शाब्दिक अर्थ नदी हो!! सबै नदीहरू नेपाल हुँदै भारत तिर बग्ने गर्दछतर हामी कहाँ एउटा यस्तो नदी छ जो भारत हुँदै नेपाल तिर उल्टो बगेर आएको छ जो आफै उल्टो बगेको छ उसबाट सुल्टो किन आस गर्ने…. मनिषा र सरिता…. यताकी छोरीले यतैको गाइन, उताको छोरीले उतैको !!!सिनेपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!