हिपमत डटकम

आइतबार, जेठ १९, २०८२ || 3683  पटक पढिएको

काठमाडौं — हाल देशको पश्चिम तथा मध्य क्षेत्रहरूमा पश्चिमी र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ, जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहनेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीसहित पहाडी क्षेत्रका केही स्थानमा र अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!