सोमबार, आषाढ ०१, २०७७ || 633  पटक पढिएको

०३२ सालदेखि छुटेका भूभागलाई समेटेर जारी भएको नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्न सोमबार मतदान हुँदा संसदमा बहाल रहेको सतप्रतिशत संख्या सहमत भएको छ । अबको प्रतीक्षा यति मात्रै हो- यस्तो स्थितिमा अब नेपालको भूमिका के हुन्छ ?

एकताको बल

संसदको सर्वसम्मत आवाज हो भन्न एउटा बलियो हतियार अब नेपालसँग छ ।

यसले राष्ट्रिय इश्युमा दलहरु कसरी मिल्दा रहेछन् भन्ने पनि देखाएको छ । हिजोसम्म राष्ट्रवादी र राष्ट्रघाती भनेर सीमारेखा कोरिने अबस्था अब रहेन ।

त्यसमध्ये पनि राष्ट्रियताको मामिलामा स्पष्ट नरहेको भनिएका राजेन्द्र महतो र उपेन्द्र यादवद्वारा सदनमा अभिव्यक्त विचारले उनीहरुलाई यस प्रकरणमा प्रष्ट राष्ट्रवादीका रुपमा चित्रित गरेको छ ।

उनीहरुले ऐतिहासिक कालखण्डदेखि नेपाली भूभागमा भएको थिचोमिचोको कुरा उठाएका छन् । हिजो महाकाली सन्धि हुँदाका बखतको त्रुटीको कुरा उठ्यो, जुन मार्मिक छ ।

चरित्रको पटाक्षेप

यससँगै, सरिता गिरीको गैरराष्ट्रवादी चरित्र पटाक्षेप भएको छ । यो घटनाले अंगीकृत नागरिकका सन्दर्भमा भएको खुकुलो व्यवस्थालाई के गर्ने भन्ने बहस शुरु गराएको छ । र,नेपालको संसदभित्र नेपालविरोधी सांसद पनि छन् भन्ने स्पष्ट देखिन्छ ।

नागरिकता ऐन प्रभावित

यही घटनाले नागरिकता ऐन प्रभावित हुने स्थिति छ । विदेशी चेलीले बिवाह गरेर आउनेबित्तिकै नागरिकता पाउने र मन्त्रीसमेत बन्न दिने प्रावधान राखिराख्नु कति जायज हुन्छ ? परिणाम सरिता गिरी हुन् जो ०६४ देखि लगातार नेपालको सांसद, मन्त्री छिन् !

वार्ता, वार्ता र फेरि पनि वार्ता

नेपालको संविधानको निशाना छापमा नक्सा उल्लेख गर्नका निम्ति संसदमा उपस्थित संख्याको सतप्रतिशत सदस्यले अनुमोदन गरे पनि भारतसँग भने समस्या बाक्लिने स्थिति छ ।

यसलाई निराकरण गर्नका निम्ति सरकारले वार्ता,वार्ता र वार्ताकै रणनीति अबलम्बन गर्नु जरुरी देखिन्छ । अर्थात्,शान्त रुपमा जानुपर्छ ।

हल्लाखल्ला गरेर, मिडियावाजीसहित जाँदा अर्को पक्ष उत्तेजित र अशान्त हुनसक्छ । वार्ता प्रधानमन्त्रीस्तरको गर्ने कि,परराष्ट्रमन्त्रीस्तरमा भन्ने कुरा बेलैमा निक्र्यौल गर्नुपर्छ ।

भारतीय मिडिया हिस्स

नेपालमा नक्सा जारी गर्न खोज्दा ठूलै जनविद्रोह भयो भनी बिहीबारको प्रदर्शनलाई ठूलै समाचार बनाएका भारतीय मिडियाहरु अन्ततः हिस्स परेका छन् ।

उनीहरुले नेपाली जनता सरकारको साथमा नरहेको र संसदबाट नक्सा अनुमोदनको कुनै गुञ्जायस नरहेको समाचार निरन्तर प्रशारण गर्दै थिए । तर, त्यस्तो भएन ।

चीनप्रेरित चिन्तन

नक्सा जारी गर्‍यो,नेपाल सरकारले ।

त्यसलाई नेपालकै संसदले अनुमोदन पनि गरेको छ । तर, भारतीयहरु भन्छन् -नेपाल चीनप्रेरित भएर यस्तो काममा लाग्यो ।

जबकि, चीनसँग सीमा मामिलामा सबभन्दा बढी विवाद भारतकै छ ।

चाहे अरुणाचल, चाहे लद्दाख, सिक्किमको नाथुलामा होस्, सिमाना विवाद चीन–भारतवीचमै चर्को छ । र,अहिले त झन हानाहानको स्थिति छ !

भारतको छविमा असर

हिजो यो सीमा विवादको अन्तर्राष्ट्रिय रुपमा पहिचान थिएन । अहिले अन्तर्राष्ट्रिय मिडियाले पनि भारतद्वारा नेपाली भूमि अतिक्रमित गरिएको विषयलाई जोड दिइरहेका छन् ।

कोरोना संक्रमणको बेला एउटा सानो देशलाई भारतले हेप्यो भन्ने अर्थमा यो विषय क्रमशः अन्तर्राष्ट्रियकरण भइरहेको छ ।

दक्षिण एसियामा भारतमात्र एउटा देश हो,जसको सिमाना जोडिएका सबै देशसँग उसको विवाद छ ।

नेपाल, बंगलादेश, चीन, पाकिस्तान, भूटान, बर्मासँग क-कसको मात्रै नाम लिने ? स्थलमार्ग नजोडिएका माल्दिभ्स र श्रीलंकाका पनि वर्षौदेखिका गुनासा छन् ।

नेपालको भूमिका

नेपालले यही कुरालाई अन्तर्राष्ट्रियकरण गर्नु जरुरी छैन । यो समस्याको पहिलो समाधान दुई मुलुकबीच खोज्नुपर्छ । छिमेकी फेर्न सकिँदैन, तर छिमेकीको मनोबृत्ति फेर्न सकिन्छ ।

विगतमा रसिया र फिनल्याण्डको यस्तो सम्बन्ध थियो । स्वीडेन र फिनल्याण्डको पनि यस्तै समस्या थियो ।

अमेरिका र क्यानाडाको समस्या,अमेरिका र मेक्सिको समस्या पनि उस्तै हो । तर, ती समस्याहरु परस्पर वार्ताबाट हल भए, हुने क्रममा छन्, युद्ध भएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!