१ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको माग गर्नु ‘हास्यास्पद’ र ‘विडम्बनापूर्ण’ रहेको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा) द्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले भने, “केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरूकै समूहले संसद पुन:स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो।”

नेकपा एमालेले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा चुनाव तोकिएको मितिमा हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुनःस्थापनाको मागलाई राजनीतिक एजेण्डा बनाउने निर्णय गरेको थियो।

उक्त निर्णय सार्वजनिक भएको भोलिपल्ट प्रचण्डको तीव्र प्रतिक्रिया आएको हो।

गत भदौ २३ र २४ गते देशभरि जेनजी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन हुन नसकेको कारण अन्तरिम सरकार गठन गरिएको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए।

यसपछि नयाँ चुनावको मिति फागुन २१ गते तोकिएको छ। माओवादी केन्द्र, नेपाली कांग्रेस, रास्वपा र राप्रपा लगायतका दलहरूले चुनाव तोकिएको मितिमा हुनुपर्ने पक्षमा उभिएका छन्।

यता, एमाले भने वर्तमान परिस्थितिमा चुनाव हुन नसक्ने भन्दै संसद पुनःस्थापना गरिनुपर्ने माग गर्दै आएको छ।

प्रचण्डले ओली नेतृत्वको अडानलाई विगतको कार्यसँग तुलना गर्दै “राजनीतिक विसंगति” को संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!