हिपमत डटकम

शनिबार, कार्तिक ०२, २०८२ || 853  पटक पढिएको

काठमाडौं, असोज ३१ – चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले आम नागरिकलाई सांस्कृतिक मर्यादा र मौलिकताभित्र रहेर तिहारलगायतका चाडपर्व मनाउन आग्रह गरेको छ। प्रशासनले चाडपर्वको समयमा सार्वजनिक सुरक्षा र शान्तिलाई सर्वोच्च प्राथमिकता दिएको भन्दै कुनै पनि अवाञ्छित, शंकास्पद वा गैरकानुनी गतिविधिमा संलग्न हुने जो–कोहीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएअनुसार तिहारमा प्रयोग हुने पटका, आतिशबाजी, विस्फोटक पदार्थ तथा अन्य हानिकारक वस्तुको प्रयोग र ओसारपसारमा यस वर्ष पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

“यस्ता सामग्रीको प्रयोगले जनधनको क्षति, आगलागी र अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले सुरक्षामा कुनै सम्झौता गरिने छैन,” लम्सालले भने।

प्रशासनले चाडपर्वको समयमा सार्वजनिक शान्ति भंग गर्ने, भयत्रास फैलाउने, कानुन विपरीतका कार्य गर्ने व्यक्तिहरूमाथि तत्काल कारबाही गरिने स्पष्ट गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन समेत नागरिकहरूलाई आग्रह गरिएको छ।

यसपटक पनि प्रशासन, प्रहरी तथा सुरक्षासम्बन्धी निकायहरूले चाडपर्वको समयमा निगरानी कडा पार्ने र संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!