सोमबार, आषाढ ०१, २०७७ || 573  पटक पढिएको

नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण ‘काठमाडौं प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

“समाचारको विषयलाई लिएर काठमाडौं प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रबन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेको विषयमा विभिन्न शीर्षकमा समाचार सम्प्रषण गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएको महासंघ जनाएको छ ।

महासङ्घले प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो भएमा त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिई अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!