काठमाण्डौ जिल्ला प्रशासन कार्यलयले काठमाण्डौ उपत्यका भित्रिन र बाहिरनका लागि नयाँ व्यवस्था जारी गरेको छ। नयाँ व्यवस्था अनुसार उपत्यका प्रवेश गर्न काठमाण्डौ जिल्लामा बसोबास गर्दै आएको नगरपालिकाले दिएको अनुमतिसहित यात्रा गर्न जिल्ला प्रशासन कार्यलयमा निवेदन दिनुपर्नेछ ।

उक्त जिल्ला प्रशासन कार्यलयबाट अनुमति माग गरी काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लोषण र यात्राको औचित्यलाइ पुष्ट्याइ हुने कागजात समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गर्ने कार्यलयले जनाएको छ।

उपत्यका बाहिर जान अत्यावश्यक कार्यको प्रयोजन खुल्ने कागजात सहित निवेदन दिनुपर्ने जनाइएको छ । जिल्ला भित्रको सवारी पासलाई भने बन्द गरिएको प्रशासन कार्यलयले जनाएको छ। लकडाउन प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यलयले उक्त निर्णय गरेको जनाएको छ । काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!