सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका प्रवेश गर्न खोज्नेको नाकामा भिड बढेको छ । तर, उपत्यका प्रवेशको लागि गृह मन्त्रालयको सहमतिसहितको पास बिनाको सवारी साधनलाई प्रवेशमा रोकिएको छ । जसकारण दैनिक सयौं सवारी उपत्यकाका नाकाबाट फर्काउने गरिएको छ ।

सरकारले पसल तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेपछि उपत्यका बाहिरका सर्वसाधरणहरु आउने क्रम बढेको छ । तर, लकडाउन खुकुलो बनाएपनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश रोकिएको छ ।

नागढुंगा नाकाबाट मात्र दैनिक सयौं यात्रुलाई प्रहरीले फर्काउने गरेको छ । ‘धेरै जसो पसल खोल्न भनेर आउने गरेका छन्,’ महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले भने,‘लकडाउन खुकुलो भएपछि नाकामा चाप बढेको छ, कतिपय छिर्न पाइन्छ कि भनेर रातभरी कुरेर बस्छन्, बिहान फर्कन्छन् ।’

कतिपय उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा समेत प्रवेशको प्रयास गर्ने प्रहरीले जनाएको छ । उपत्यका प्रवेशलाई थप कडाई गरी धादिङसँगको सीमा पर्ने सिस्ने खोलामा नै चेकपोष्ट स्थापना गरिएको छ । यसअघि नागढुंगा नाकामा चेकजाँच हुने गरेको थियो ।

त्यस्तै साँगा नाकाबाट पनि दैनिक करिब एक सय जनालाई फकाईने गरिएको भक्तपुरका एसपी सबिन प्रधानले बताए । पास बिनाका सवारी साधन उपत्यका प्रवेशमा रोक कायमै रहेको प्रहरीले जनाएको छ ।

सरकारले २९ जेठदेखि लकडाउनको स्वरुप परिवर्तन गरी मोटरसाइकल तथा निजी सवारी साधन जिल्लाभित्र चलाउन पाइने र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । तर, अन्तर जिल्ला आवातजावातमा भने कडाई कायमै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!