आइतबार, जेठ ३२, २०७७ || 760  पटक पढिएको

राजधानी बेइजिङको एक होलसेल बजारका ४५ जना मानिसमा कोरोना भाइरस संक्रमण प्रमाणित भएपछि उसले आफूलाई ‘युद्धकालीन समयमा’ राखेको छयोसँगै राजधानीले शनिबार सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ।

सहरको दक्षिण पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन्।उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन।संक्रमण प्रमाणित भएसँगै एसियाकै ठूलो होलसेल कृषि बजार ठानिएको सो क्षेत्रलाई चौबिसै घण्टा सुरक्षाकर्मीको उपस्थिति रहनेगरी लकडाउन गरिएको छ।

‘आममानिसको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने सिद्धान्त अनुसार हामीले सिङ्फाडी बजार र त्यसको सेरोफेरो लकडाउन गरेका छौं,’ ती जिल्ला अधिकारीले भने।सो जिल्लालाई ‘युद्धकालीन आपतकालको अवस्थामा’ राखिएको उनको भनाइ छ।बजार बन्द गरिएसँगै भाइरस संक्रमणको दोश्रो चरण सुरू हुन लागेको आशंका बढाएको छ।

कोरोनाको महामारीका कारण संसारभर ७६ लाख बढी मानिस संक्रमित बन्नुका साथै ४ लाख २० हजार मानिसले ज्यान गुमाइसकेका छन्।पछिल्लो घटनाले कोरोना भाइरस नियन्त्रणमा ठूलो सफलता हात पारेका देशमा पनि कोरोनाको ‘क्ल्स्टर’ सजिलै उत्पन्न हुनसक्छ भन्ने देखाएको छ।संक्रमित फेलापरेपछि सो खुद्रा बजारलाई शनिबार अपराह्न ३ बजे बन्द गरिएको थियो। एक मासु अनुसन्धान केन्द्रमा काम गर्ने दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि सो बजार बन्द गरिएको हो। उनीहरू हालैको दिनमा सो बजार पुगेका थिए। उनीहरू कसरी संक्रमित भए भन्ने बारेमा स्पष्ट हुन सकेको छैन।

भाइरस भेटिएपछि शनिबार बजारको प्रवेशबिन्दु बन्द गरिएको थियो भने ती स्थानमा प्रहरीले सुरक्षा दिइएको छ। बेइजिङका अधिकारीले यसअघि सो बजारमा हुँदै आएको गाई र खसीको मासु व्यापार बन्द गरेको थियो। उसले सहरका अन्य होलसेल बजार पनि बन्द गरेको छ।थप संक्रमित पत्ता लगाउन सो बजारका १० हजार मानिसको न्यूक्लिक एसिड टेस्ट गर्ने योजना बनाइएको छ।

सो बजारमा दैनिक १५ सय टन सी-फुड, १८ हजार टन तरकारी र २० हजार टन फलफूलको कारोबार हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!