बिहिबार, पौष १७, २०७६ || 1153  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ,पौष १७: बलिउड अभिनेता सलमान खान हालसम्म अविवाहित छन्।अविवाहित भएपनि उनका प्रेमसम्बन्धको संख्या राम्रै छ। उनका जीवनमा थुप्रै युवती आए र गए।यो सूचिमा सोमी अली, संगीता बिजलानी, ऐश्वर्या राय, क्याटरिना कैफ पर्दछन्।धेरैलाई संगीता सलमानको पहिलो गर्लफ्रेण्ड हुन् भन्ने लाग्दछ, तर यस्तो होइन।यी सबै सलमान सिनेमामा आएपछिका गर्लफ्रेण्ड हुन्। त्यसअघि नै सलमान १९ वर्षको उमेरमा अरु कसैको प्रेममा परिसकेका थिए।१९ वर्षको उमेरमा उनी बलिउड अभिनेता अशोक कुमारकी नातिनी तथा पूर्व मोडल शाहीन जाफरीसँग प्रेममा परेका थिए।सलमान शाहिनलाई भेट्न घटौं उनको कलेजबाहिर गएर पर्खिन्थे। कियरा हालै दिएको एक अन्तरवार्तामा शाहिनसँग सलमानलाई आफ्नी आमाले चिनाएको खुलासा गरेकी छन्।

कियराकी आमा र सलमान एकै ठाउँमा सँगसँगै हुर्केका हुन्।सलमान शाहिनसँग गहिरो प्रेममा परेको बताइन्च। उनले शाहिनलाई घरमासमेत लगेर आफ्नो परिवारसँग भेटाएका पनि थिए।सलमान त्यतिबेला मुम्बईको सेन्ट जेभियर कलेजमा दोश्रो वर्षमा पढ्ने गर्थे। सलमानको परिवारले शाहिनसँगको सम्बन्धलाई स्वीकार समेत गरेको थियो।तर सलमानको यो प्रेमको अन्त्य फिल्मी तरिकाले भयो। यी दुईको बिचमा संगीता बिजलानी आएपछि सम्बन्धको अन्त्य भएको बताइन्छ।त्यो समय सलमान र शाहिन धेरैजसो ‘सि रक’ हेल्थ क्लबमा जाने गर्थे। संगीता पनि यो क्लबमा आउने गर्थिन।त्यतिबेला संगीताको आफ्नो व्वाईफ्रेण्ड बिंजू अलिसँग भर्खरै ब्रेकअप भएको थियो।
यो रिक्ततामा सलमान संगीताको नजिक हुन पुगे जसले गर्दा शाहिन टाढिन पुगिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!