शनिबार, जेठ ३१, २०७७ || 1722  पटक पढिएको

काठमाडाैंकाे माइतीघर मण्डलामा सरकारविरुद्ध शनिबार पनि युवाहरुले प्रदर्शन गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेकाे दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।

‘जेलको धम्की नदेउ ओली ज्यू, तपाई १४ वर्ष बस्नु भो हामी पनि तयार छौ,’ ‘१० अर्ब खै, सरकार,’ ‘आमाले भन्नुभा बेसार छैन, पिसिआर नै चाहिन्छ रे,’ ‘दुध माग खिर दिन्छौं, १० अर्ब पचाउने सोच मात्रै चिरिदिन्छौं’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका थिए । ्

सरकारले काेराेना राेकथामका १० अर्ब खर्च भएकाे बताएपछि खर्चकाे विवरण सार्वजनिक गर्न माग गर्दै युवाहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । राजधानीलगायत देशका विभिन्न स्थानमा युवाहरूकाे विराेध प्रदर्शन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!