खबर ठुलो छ

नायिका करिश्मा मानन्धरले जनताको धैर्यको वाध फुट्न शुरु भएको बताएकी छिन् । उनले बालुवाटारमा स्वस्फुर्त रुपमा निस्किएको युवाहरुको जमातको समस्यालाई राज्यले गम्भीरतापुर्वक सोच्न आग्रह गरिन् ।

करिश्माले युवाहरु कुनै पार्टीका कार्यकर्ता नभई भोगाईमा परेका र यर्थाथ बुझेका नागरीक भएकोसमेत उल्लेख गरिन् । कोरोनाको महामारीमा यसरी जनता स्वस्फुर्त रुपमा बाहिर आउनु रहर नभई बाध्यता भएको र यसले राज्यलाई राम्रो संकेत नदिएको बताइन् । करिश्माले बालुवाटारमा युवाहरुमाथी प्रहरीले गरेको दमनको भिडियो सेयर गर्दै लेखेकी छिन्,

‘सेयर गरु गरु लाग्यो ! सत्य भनेको छ । यो कुनै पार्टी का कार्यकर्ता होइनन् भोगाइमा परेका र यथार्थ बुझेका नागरिक हुन । सबैलाइ अफ्नो ज्यान प्यारोछ , भिड्मा कोहि नबुझ्ने त देखिदैनन ! कोरोना को यो माहामारीमा येसरी जनताको धैर्यको बाध फुट्नु भनेको राम्रो स्ंकेत होइन , यो अवस्था कसरी आयो राज्यले गम्भीरता पुर्वक सोचोस !’

शुक्रबार, जेठ ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया