बिहिबार, जेठ २९, २०७७ || 620  पटक पढिएको

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो । प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!