हिपमत डटकम
काठमाडौं ,पौष १७

काठमाडौं विश्वविद्यालयमा विवादले उग्ररुप लिन थालेको छ । हजारौं विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेको हो ।

काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर तालाबन्दी गर्नुपरेको दुवै सङ्घले जनाएको छ । यता पुन काठमाडौं विश्वविद्यालयमा ताला बन्द हुँदा पठनपाठन प्रभावित भएको छ ।

काठमाडौं विश्वविद्यालयमा यसअघि पनि पटक–पटक आन्दोलन हुँदै आएको छ । तर, पढाई नै रोकिने काम चाहि भएको थिएन । कहिले विद्यार्थी, कहिले कर्मचारी त कहिले शिक्षकहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

आन्दोलित शिक्षक तथा कर्मचारीहरुले विगतमा भएका सहमति कार्यान्वयन पूरा गर्न भन्दै आन्दोलित भएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज, परीक्षा नियन्त्रकको कार्यालय र प्रशासनिक भवनहरुमा तालाबन्दी गरेका छन् । यसरी ताला लगाएपछि ती कलेजका विद्यार्थीहरुको पढ्नबाट बञ्चित हुनपुगेको छ ।

हिजो (बुधबार) धुलिखेल अस्पताल परिसरमा रहेको स्कुल अफ मेडिकल साइसेन्जमा ताला लगाउने र ताला लगाउन नदिने समूहबीच विवाद भएपछि प्रहरीले रोक्नुपरेको थियो । पेशागत हकहितको माग राखेर शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात गराएको भन्दै प्राध्यापक र कर्मचारीहरुले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग गरेका थिए । डीन, सहायक डीन र केही अराजक व्यक्तिका कारण भिडन्त निम्तिएको उनीहरुको आरोप छ । तर बुधबार नै स्कुल अफ मेडिकल साइन्सेजले विज्ञप्ति निकालेर असहज परिस्थिति सिर्जना गर्न खोज्ने समूहलाई धुलिखेल अस्पतालका बिरामीका कुरुवाहरुले लखेटेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय, प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ मसान्तमा चार बुँदे सहमति भएको थियो । १ सय ६ दिन वित्दा पनि सो सहमति कार्यान्वयन नभएपछि उनीहरुले यही पुस १५ गतेदेखि पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही कार्यक्रम अन्तर्गत स्कुल अफ मेडिकल साइन्सेजको डिनको कार्यालयमा तालाबन्दी गरिएको हो । सो क्रममा दुई पक्षबीच विवाद समेत भएको थियो । स्कूल अफ मेडिकल साइन्सेजका डीनको कार्यालयमा चार महिनाअघि एमबीबीएसका विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन भने सोही तालामाथि प्राध्यापक र कर्मचारीहरुले अर्को ताला थपेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!