हिपमत डटकम
बिराटनगर ,पौष १७
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको छ ।
पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते देखि औपचारीक रुपमा न्यूरो आइसियू सेवा विस्तारमा ल्याएको थियो । हस्पिटलको सभाकक्षमा बुधबार आयोजित कार्यक्रममा अस्पतालका अपरेशनल डाइरेकटर राजेश भट्ट्राइले न्यूरो आइसियु सेवा १० बर्ष पुरा गरि ११ औं बर्षमा प्रवेश गरेकोमा हस्पिटलका कर्मचारिहरुमा शुभकामना व्यक्त गरेका थिए । यस्तै उनले पूर्वमै पहिलो पटक न्यूरो सर्जरी तथा आइसियू सेवा विस्तारमा लयाएको यस हस्पिटलले हालसम्म हजारौं बिरामीहरुको ज्यान जोगाउन सफल भएको जानकारी दिए ।
यस्तै वरिष्ठ न्यूरो सर्जन एवम मेडिकल डाइरेक्टर डा. यम बहादुर रोक्काले प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा न्यूरो सर्जरी सेवामा अविछिन्न रुपमा प्रदान गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे ।
यता हस्पिटलका संस्थापक एवम वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टले न्यूरो सर्जरी एवम आइसियूमा विशेष योगदान पु¥याउनु हुने वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. मंजिल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा हस्पिटल डाइरेक्टर ई. रन्जित राज बस्नेत , वरिष्ठ विशेषज्ञ चिकित्सक , मेडिकल अफिसर , न्यूरो आइसियु इन्चार्ज रंजिता चौधरी , नर्सि स्टाफ लगायतको उपस्थित रहेको थियो ।