बुधबार, जेठ २८, २०७७ || 784  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बोलीप्रति आपत्ति जनाउनुभएकाे छ । बुधबार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले योगी आदित्यनाथले धम्क्याउन खोजेको हो भने जायज नहुने बताउनुभयाे ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथजीले केही बल्नु भयो भन्ने केही कुराहरु आएको छ । यदि उहाँले त्यसरी बोल्नु भएको छ भने त्यो जायज होइन र त्यसरी नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन,’ प्रधामन्त्री ओलीले भन्नुयभाे, ‘ उहाँको त्यो नबोलिनु पर्थ्याे, त्यो बोल्नु भएको र नेपालाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौँ ।’

योगीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नेपाल हेपिन तयार नभएको बताउनुभयाे। ‘नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!