धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमै एकजना झुण्डिएर मृत्यु भएको छ । थुुनामा रहेका सबैला नगरपालिका वडा नम्बर–१२ बस्ने २३ वर्षीय शभ्मु सदा मुसहरको ईप्रकाको हिरासत कक्षमा रहेको शौचालयमा झुन्डिएको अवस्थामा शव बरामद भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सवारी ज्यान कसुर मुद्दामा हिरासतमा रहेका सदा गत राति २ बजे शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

हिरासतमै सदाको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीहरुले बरकुर्वामा सडक अवरुद्व गरि प्रदर्शन गरिरहेका छन् ।

प्रशर्दनकारीहरुले प्रहरीको भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ भने अवस्था तनावग्रस्त रहेको छ ।

त्यस्तै प्रहरी हिरासतमै मृत्यु हुनु शंकास्पद रहेको भन्दै प्रशर्दनकारीले घटनाको छानविनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरी चौकीमा बाहिर रहेको भ्यानमा क्षति पुगेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!