रबिन्द्र बराल

शुक्रबार, कार्तिक ०१, २०८२ || 1237  पटक पढिएको

रंगेली, असोज ३१ —हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा तराईका कुमाले समुदायहरू माटोबाट बनाइने परम्परागत सामग्रीहरू निर्माणमा व्यस्त भएका छन्।

रंगेली नगरपालिकाको आमगाछीको सोमबारे टोल र सुनवर्सी नगरपालिकाको कदमगाछीका कुमाले परिवारहरू अहिले बिहानदेखि बेलुकासम्म दियो, घैला, कलश, पाला, ढकना, मटकुरी, कोसिया, दलिया, हात्ती लगायतका सामग्री बनाउन जुटेका छन्।

धनकी देवी लक्ष्मीको आराधना गरिने लक्ष्मीपूजाका लागि माटोको दियो विशेष शुद्ध मानिने भएकाले यसको माग तिहारमा अत्यधिक हुने गर्छ।

स्थानीय रमानन्द पण्डितका अनुसार ३० वर्षअघि यही पेशाबाट राम्रो आम्दानी हुने गर्थ्यो, तर पछिल्ला वर्षहरूमा इलेक्ट्रोनिक झिलिमिली बत्तिहरूको बजारमा बाढी आएपछि कुमालेहरूको परम्परागत सीप संकटमा परेको छ।

उनले माटोको भाँडा बनाउने प्रक्रिया कठिन र खर्चिलो भएको बताउँदै भने,

“पहिले घाममा सुकाउनु पर्छ, अनि २४ देखि ७२ घन्टा आगोमा पकाउनु पर्छ।”

रंगेली नगरपालिकाले तीन वर्षअघि आमगाछीका कुमालेहरूलाई मोटरजडित माटो सामग्री बनाउने मेसिन सहयोग गरेको थियो। साथै, माटो खरिद गरी उपलब्ध गराएपछि उनीहरूको काममा केही सहजता आएको स्थानीय लुख्नि देवी पण्डितले जानकारी दिइन्।

  

तर सुनवर्सी नगरपालिकाको आमगाछी क्षेत्रमा रहेका कुमाले परिवारहरूले भने हालसम्म कुनै सहयोग नपाएको गुनासो गरेका छन्।
स्थानीय सुरेन्द्र पण्डित र शोभा देवी पण्डितले चुनावमा सहयोगको आश्वासन पाएको तर व्यवहारमा केही नपाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!