मोरङ —मोरङ उद्योग व्यापार संघले इलामका बाढी पीडितहरूका लागि २५० थान कम्बल राहतस्वरूप हस्तान्तरण गरेको छ।
आज असोज ३० गते बिहीबार, संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नवीन रिजाल लगायत पदाधिकारीहरूले राहत सामग्रीहरू श्रष्टा नेपालमार्फत बाढी प्रभावितहरूलाई प्रदान गरेका हुन्।
संघका अध्यक्ष राठीले अस्थायी शिविरमा बसोबास गरिरहेका पीडितहरूलाई राहत दिन सहयोग गरिएको बताए।
केन्द्रीय सदस्य रिजालले बाढीबाट ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै सरकार र सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।
गत साता इलाममा आएको बाढी–पहिरोबाट दर्जनौँको ज्यान गएको र सयौँ घरधुरी विस्थापित भएका छन्।