त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ ।

स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अनलाइन कक्षा सञ्चालनमा ल्याउन वैशाख पहिलो साता क्याम्पसलाई निर्देशन दिएको थियो । विश्वविद्यालयको निर्देशनपछि धेरै क्याम्पसले विद्यार्थीको सेमेस्टर खेर नजाने गरी वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए ।

पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले स्नातकोत्तर तहमा सञ्चालित अनलाइन कक्षा प्रभावकारी हुँदै गएको बताएका छन् । क्याम्पसले व्यवस्थापनतर्फ एमबीएसमा प्रथम, दोस्रो र चौथो सेमेस्टरको पढाइ अनलाइनबाट सञ्चालन गरेको हो । क्याम्पस प्रमुख थापाका अनुसार चौथो वर्षका विद्यार्थीलाई प्रस्तावना लेखन तथा शोधपत्र लेखनको कक्षा चलाइएको छ ।

यसमा ८० प्रतिशत विद्यार्थीको सहभागिता छ । साथै पहिलो र दोस्रो सेमेस्टरका कक्षा पनि सञ्चालन गरिएका छन् र यसमा विद्यार्थीको परीक्षा हुन बाँकी रहेका विषयको मात्र पठनपाठन सञ्चालन गरिएको छ । यसमा झण्डै ५० प्रतिशत विद्यार्थीको सहभागिता छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!