लकडाउन खुकुलो भएको भन्दै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरू बढेका छन्।

खुकुलो भएको भन्दै चहलपहल बढेपछि महानगरीय ट्राफिक महाशाखाले मंगलबार चेकिङमा कडाइ गरेको हो। उपत्यकामा बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे रहेको महाशाखाले जनाएको छ। महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेको छ।

साथै लकडाउन खुकुलो भन्ने गलत सूचनाको पछि नलाग्न, भ्रममा नपर्न, लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख भीम ढकालले अनुरोध गरेका छन्।

केही दिनयता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको महाशाखाका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै पासको दुरूपयोग गर्नेमाथि पनि विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको उनले बताए। चैत ११ गतेयता लकडाउन उल्लंघन गर्ने ६१ हजार ४ सय ६ सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!