बुधबार, जेठ २१, २०७७ || 1011  पटक पढिएको

‘मै खाउ मै लाउ सुख सयल मोज म गरू मै वाँचु मै नाँचु अरू सव मरून् दुर्वलहरू ।’ भन्ने कवि लेखनाथ पौडेलको चर्चित कविताका हरफबाट बिषयको सुरुवात गरौ ।
कोरोना संकट संगै मानिसका आवश्यकता र उसको सहज जीवनयापनको खोजिका लागि उसलाई बाध्यता हुन्छ र उसले अधिकतम स्वार्थको गलत प्रयोग गर्छ । कोरोना महामारीले मानिसलाई अझ स्वार्थी बनाउने पनि निश्चित छ ।
आफ्नो स्वार्थ पुरा गर्ने बहानामा अरुको सम्मानमा लात हान्न पनि मानिस पछाडी पर्दैन । म जत्तिको जान्ने र म जत्तिको ठूलो यो समाजमा अर्को कोही छैन भन्ने घमण्डमा मानिस बाँचेको छ । कोरोनाको महामारी देख्दा देख्दै पनि मानिस आफूलाई अजम्बरी जस्तो ठानी रहेको छ ।
समयले चाहेर र नचाहेर मानिसलाई स्वार्थी बनाएको छ । अहिले मानिसका चाहना र आवश्यकता फेरिएका छन् । त्यसलाई पुरा गर्नै पर्छ भन्ने बुझाइले जस्तो सुकै हर्कत गर्न पनि मानिस पछाडी पर्दैन ।
कोरोना संकटबाट मुक्तिका लागि मानिस समाजमा ढाट्ने, छल्ने र हदै सम्मको तल्तो स्तरमा झरेर निकृष्ट व्यवहार गर्न समेत पछाडी पर्दैनन् ।
जीव बैज्ञानिक चाल्स डार्विनले भने झै ‘मानिस बाँच्नका लागि सधर्ष’ गरिरहेको छ । बढदो माँगहरुलाई परिपूर्तिका लागि बाँचुन्जेल सघर्षमा नै जिवन विताउने बाध्यता मानिस सामु छ ।
यस्ता तमाम बाध्यताले मानिस समाजमा क्रमशः एक्लो बन्दैछ । सामाजिक मूल्य, मान्यता, सद्भाव, माया र प्रेमबाट टाडिएर आफ्नो मात्र दुनो सोझयाउने कार्यमा तल्लिन छ ।
नेपाली समाज बहुतै सुन्दर र एकतामा बाधिएको समाज हो । सवै जात जाती भाषा भाषी धर्म सम्प्रदाय मिलेर बसेको समाज हो । एकले अर्काको दुःख पिडामा सहयोग गर्ने, एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने नेपालीको विशेषता हो ।
तर एकाएक नेपाली समाज यति स्वार्थी भयो कि परिवारका सदस्यका बिचको मेलमिलाप र प्रेमको बाताबरण समेत स्खलित हुदै गयो । एकलकाटे हुदै गयो । अर्कौको मतलव नै नगर्ने अवस्थामा पुग्यो । कोरोनाले मानिसलाई यो हद सम्मको बाध्यतामा समेत पु–याउने अवस्था आउन सक्छ ।
नेपाली समाज तिख्रिएर गयो । हरेक कार्य, घटना, विषयबस्तु र क्रियाकलाप आफ्नो स्वार्थलाई केन्द्रमा राखेर मात्र गरिन्छ । एकाग्रता, व्यक्तिवादी सोच र व्यवहारले गर्दा अरूको भावनाको सम्मान र कदर समेत हुन छाडेको छ ।
अहिले इमान्दार र असल मानिसलाई बाँच्न नै कठिन हुने अवस्था छ । आर्थिक कुराको परिपूर्तिको लागि मानिस मेसिन झै बन्दै छ । जानेर होस वा नजानेर मानिस स्वार्थी र संवेदनहिन बन्दै गएको छ ।
व्यक्ति प्रोफेसनल बन्ने बहानामा स्वार्थीे बन्दैै गएको छ । देखावटीपन र आधुनिकताको नाममा मानिसले अरुको वास्ता गर्न छाड्यो । आफ्ना मौलिक विशेषतालाई तिलान्जली दिएर पश्चिमा व्यवहारलाई अभ्यस्त बनाउदै जादा स्वार्थको डिग्री पनि बढदै गयो ।
मानिस सँग धन, सम्पत्ति, सुख, सुविधा भौतिक सम्पन्नता वैभवता, ऐश्वर्यता र विलाशिता प्राप्त भएपछि उसले आफ्ना नातागोता, ईष्ट, मित्र, साथीभाइ, बन्धु, बान्धब, कुटुम्ब लगायत सारा शुभचिन्तकहरुलाई विर्सन र चिन्न छाड्यो ।
सामान्यतया मानिस भन्दा खराव अर्को प्राणी संसारमा छैन । छेपारो जस्ता छन् अहिलेका मानिस । आफ्नो निहित स्वार्थ पूर्तिका लागि जति पटक भए पनि रंग फेर्ने गर्दछन् । अहिले मानिस भागदौडको जिन्दगीमा बाँचेका छन् ।
गरिव देशका मानिसले व्यक्तिको आर्थिक हेसियतलाई पुजा गर्ने गर्छन । अहिलेको पुस्तामा विस्तारै मानवता भन्ने कुरा हराउदै गएको छ । विपन्नतामा बाँचेको मानिस हिनताबोधमा बाँचेको छ ।
स्वार्थ शुन्य मानिस जगतमा पाइदैन । कोरोनाले सार्थीपना बढाएर लैजाने देखिन्छ । एकहद सम्मको स्वार्थले मानिसलाई सफल पनि बनाउछ । आफू सफल भए पछि त्यो स्वार्थ सामुहिक र राष्ट्रिय हितमा लगाए सवैको भलो हुन्छ । अहिलेका बौद्धिक भनौदा र आफूलाई प्रोफेसनल हुँ भन्ने व्यक्तिमा स्वार्थको सिमा नै छैन ।
आफ्नो स्वार्थ पुरा गर्ने बहानामा अरुको सम्मानमा लात हान्न पनि मानिस पछाडी पर्दैन । म जत्तिको जान्ने र म जत्तिको ठूलो यो समाजमा अर्को कोही छैन भन्ने घमण्डमा मानिस बाँचेको छ । कोरोनाको महामारी देख्दा देख्दै पनि मानिस आफूलाई अजम्बरी जस्तो ठानी रहेको छ ।
कोरोना महामारी झेलिरहेको मानिस जिवन केही हैन रहेछ त भन्छ तर अत्याधिक स्वार्थी चाही भै रहन्छ । आर्थिक सम्पन्नताले कतिपयलाई अन्धो समान बनाएको हुन्छ । धन र सम्पत्तिलाई निकै ठूलो भाग्यशाली उपहार ठान्ने र मान्नेका लागि वैभवता नै सर्वश्रेष्ठ हुन्छ ।
सम्पतीको ढाडसमा बाँच्नु हावामा उभिनु हो भने सम्पती नै सबथोक हो भनी स्वार्थी हुनु भ्रममा बाँच्नु हो । सम्पती प्रतिको मोहका कारण अहिले मानिस यथार्थ भन्दा धेरै टाडा छ ।
अहिलेको युग पैसा, सुख, सुविधा र भोगीको युग भयो । मानिसले जिवनको मूल्य मान्यता, संस्कार र संस्कृतिलाई विर्सिएर पैसाको खोजीमा स्वार्थी भएर निरन्त्तर भौतारिरहेको छ ।
पैसा जोडने बहानामा थप अशान्ति र आक्रान्त बनिरहेको छ । समस्या र पिडामा डुबेको छ र सधै छट्पटिएको छ । अहिले धनीलाई मान्ने र पुज्ने जुन संस्कारको विकास भएको छ, त्यसले सामाजिक मर्यादालाई नष्ट पारिदिएको छ ।
जोसँग धन र पैसा छ, त्यहीसँग सबथोक हुन्छ भन्ने मानसिकताले डेरा जमाएको छ । चाहे सदाचारले वा भ्रष्ट्राचारले धन कमाएको होस् । धनी र सम्पन्न भयो भने समाजमा उसले नामको पछाडी बाबुको समेत उपाधि पाउने लालसा र स्वार्थमा आफनो दैनिकी संचालन गरेको हुन्छ ।
मान्ने, जान्ने, चिन्ने, पुज्ने र बुझ्ने महत्वकाक्षाका कारण धरातलिय यथार्थबाट मानिसहरु बिमुख भएका छन् । परिणामतः गलत क्रियाकलाप र जघन्य अपराधहरु भएका छन् । यसले गर्दा समाजमा अशान्त्ति, भय, त्रास, अपमान जस्ता कुरा समेत बढेर जान्छन् ।
सामान्यतया मानिस भन्दा खराव अर्को प्राणी संसारमा छैन । छेपारो जस्ता छन् अहिलेका मानिस । आफ्नो निहित स्वार्थ पूर्तिका लागि जति पटक भए पनि रंग फेर्ने गर्दछन् । अहिले मानिस भागदौडको जिन्दगीमा बाँचेका छन् ।
आफुसंग भएको सुख देख्दैनन् र परको टाडाको सुख प्राप्तिको चाहनामा दुःखको सागरमा ढुवेको समेत हेक्का पाउदैनन् । स्वार्थले पाएको सुख भन्दा असल कामले पाएको शान्त्ति स्थायी हुन्छ भन्ने पनि विर्सिएका छन् ।
मानिस सँग धन, सम्पत्ति, सुख, सुविधा भौतिक सम्पन्नता वैभवता, ऐश्वर्यता र विलाशिता प्राप्त भएपछि उसले आफ्ना नातागोता, ईष्ट, मित्र, साथीभाइ, बन्धु, बान्धब, कुटुम्ब लगायत सारा शुभचिन्तकहरुलाई विर्सन र चिन्न छाड्यो ।
मानिसको जिवन छोटो र अमुल्य छ । दुई दिनको अस्थायी जीवनमा मानिसहरूले सौहार्दपूर्ण सम्वन्ध राख्न सकेको छैन । रिसराग, क्रोध र अशान्त्ती बढिरहेको छ ।
उपयोग, घात र अन्तर्घात समाजमा गहिरिदै गएको छ । न्यूनतम मानवता समेत हराउदै गएको छ । अहिले मानिस नै एक प्रकारको दानवका रूपमा परिणत हुदै गएको छ ।
‘सर्वे भवन्तु सुखीन सर्वे सन्तु निरामय’ भन्ने भावना अहिले हराउदै गएको छ । सबैको जीवन सुन्दर हुनु पर्छ । असल भै बाँच्न सिक्नु पर्छ । आफ्नो स्वार्थ संगै समाज र देशको स्वार्थलाई साथै लिएर अगाडि बढ्नु पर्दछ ।
आफ्नो भलाईको खातिर अरूलाई घात गर्नु जीवनको एक महान भूल र पाप समेत हो भन्ने बुझेर समग्र मानव प्राणीको भलाईका लागि आफ्नो कार्य गर्नु उपयुक्त हुन्छ ।
परिवार, समाज र देशका लागि इमान्दार र अनुसासित भै समग्र मानव कल्याणका लागि स्वार्थको प्रयोग गरे समाज र राष्ट्रको उन्नती हुन्छ । म भन्दा हामी भन्ने भावनाको विकास गरी कार्य गर्न सके सवैको हित हुन जान्छ ।
विभिन्न कारणले नेपाली समाज गलतबाटो तर्फ गईरहेको छ । समाजको मूल्य, मान्यता, संस्कार, विचार र आचरण कोरोना पछि नयाँ ढंगबाट परिभाषित भै अगाडी बढनु पर्छ ।
मानिसले स्वार्थलाई सन्तुलनमा राखेर शान्त्तिको मार्ग अंगिकार गरी आनन्दको अनुभूति गर्नु पर्छ । आनन्द प्राप्त भयो भने मानिस निरोगी बन्दछ । मानिस निरोगी भयो भने समाज र राष्ट्र समृद्ध बन्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!