बुधबार, जेठ २१, २०७७ || 898  पटक पढिएको

जेठ १० गते रुकुम पश्चिमको सोती गाउँमा भएको विवादपछि भेरी नदीमा बेपत्ता भएका जाजरकोटका गोविन्द शाहीको शव फेला परेको छ ।

मंगलबार भेरी नदी किनारमा उनको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यसअघि भेरी नदीमा ५ जनाको शव फेला परेको थियो ।

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँबाट २० वर्षीय नवराज बिक र रुकुम पश्चिम चौरजहरी नगरपालिका ८ सोती गाउँकी किशोरीबीचको अन्तरजातीय विवाहको बीचमा विवाद हुँदा सो घटना हुन पुगेको थियो । सोतीका गाउँलेले आक्रमण गरेर भाग्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएको दावी गरिएको छ। नवराज बिकसहित ६ जनाको मृत्यु भएको सो घटनाबारे विभिन्न छानबिन समितिले छानबिन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!