सोमबार, पौष १४, २०७६ || 742  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पौष १४:आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् । अडिसनबाट छानिएका मोडल आगामी चैत्र ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो ।

आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले उनीहरु अरुलाई र्याम्पमा उतार्नेछन् । २३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर र्याम्पमा प्रस्तुत गर्नेछन् ।

।।।आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका
आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!