मंगलबार, जेठ २०, २०७७ || 1213  पटक पढिएको

वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । पहिलो दिनमा २५/२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । उनले अस्पतालको केही क्षेत्र अहिले पनि सङ्क्रमण मुक्त गरी पिसिआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताए । कोभिड सङ्क्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरु गरिने उनले जानकारी दिए ।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए । अस्पतालले ओपिड सेवा शुरु गरेपछि यसको लाभ गरिब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिए । उनले गरिबको उपचार हुने मुख्य थलोका रुपमा रहेको अस्पताललाई सङ्क्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरे ।

बारा, पर्सा, रौतहट, सार्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!