मंगलबार, जेठ २०, २०७७ || 582  पटक पढिएको

भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज एट्टिनसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् । नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले सीमा उल्लंघन नगरेको उल्लेख गरेका हुन् ।

भारतीय गृहमन्त्री शाहले भारतीय सीमा र सेनाको सम्मान नगर्नेलाई भारत पाठ सिकाउन पछि नहटने समेत बताएका छन् । सीमा रक्षाका लागि भारतले सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइकको नीति विश्वमाझ स्थापित गरेको उनको भनाइ छ ।

पाकिस्तानी प्रधानमन्त्रीले भारतले छिमेकीसँग छदम युद्ध गरिरहेको आरोप लगाएको समयमा भारतीय गृहमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका थिए ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको गत बैशाख २६ गते उदघाटन गरेपछि नेपालले आपत्ति जनाउदै आएको छ ।

नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको ३ सय ३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!