इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो । यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ । नेतन्याहू ७० वर्ष पुगिसकेका छन् । बयानमा जारी गरिएअनुसार परीक्षण चलिरहेको छ र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुका लागि दिशानिर्देश जारी गरिनेछ । यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमणको पुष्टि भएको थियो जबकि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीको कोरोनाको परीक्षण गरिएको थियो, यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको थियो । इजराइलमा हालसम्म कोरोनाका १७ हजार १ सय संक्रमित भेटिइसकेका छन् जबकि २८५ को मृत्यु भइसकेको छ । हालै संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!