आइतबार, जेठ १८, २०७७ || 1224  पटक पढिएको

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरी राष्ट्रिय झण्डा राख्नाका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी भएकाले पुनरवलोकन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!