नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ। शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए । यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् । यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!