अकस्मात ढाड र पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको मृत्यु भएको छ । अस्पताल पुगेपछि मिरालाई चिकित्सकले इन्जेक्सन दिएका थिए । इन्जेक्सन दिएको केही समयमै उनको मृत्यु भएको हो । बिहान मर्निङ वाकपछि केही समय ब्याडमिन्टन खेलेको समयमा नै उनलाई पीडा महशुस भएको थियो । मिराका पति प्रदीपले भने, ‘लगत्तै मैले गाडीमा हालेर हस्पिटल पु¥याए तर उनको ज्यान गयो ।’

मिराको मृत्यु भएपछि आफन्तले हस्पिटललाई दोष दिएका छन् । हाल हस्पिटलमा मृतकका आफन्त र हस्पिटल प्रशासनबीच वार्ता भइरहेको छ । मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् । मुल्मी दम्पतिका १ छोरा र १ छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!