शनिबार, जेठ १७, २०७७ || 800  पटक पढिएको

घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भन्नुभयो, ‘‘मालिकसँग झगडा परेर घर छाडी हिँडेका उनलाई पुनः मालिकको घर फर्काउने वातावरण गराएता पनि सो दिन उनी नफर्की त्यहीँ रहेको खबर पाएपछि भोलिपल्ट बिहान उद्धार गरियो ।” आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गर्नुभएको जनाइएको छ । उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ । अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!