शुक्रबार, जेठ १६, २०७७ || 871  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’ एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’ गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’ट्रम्पको मध्यस्थताको प्रस्तावबारे चिनियाँ विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया आइसकेको छैन । तर, चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनलाई मध्यस्थताको आवश्यकता छैन । भारतले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमा छौं ।’

भारत र चीनबीच विवाद किन ?

भारत र चीनबीच चीनमा अवस्थित गलवान उपत्यका नजिक तनाव भइरहन्छ । यो उपत्यका चीनको दक्षिण शियान्जिङ र भारतको लद्दाखसम्म फैलिएको छ । गलवान उपत्यकाको लद्दाख र अक्साई चीनबीच भारत–चीन सीमा नजिक पर्दछ । यहाँको वास्तविक नियन्त्रण रेखा (एलएसी)ले चीन र भारतलाई छुट्टाउँछ । पछिल्लो पटक भारतले गलवान उपत्यका घाटीको किनारमा चिनियाँ सेना टेन्ट लगाएर बसेको आरोप लगायो । भारतले पनि आफ्ना सुरक्षाकर्मीको तैनाथी बढायो । भारतले गलवान उपत्यका नजिक सुरक्षासम्बन्धी ठूलो भौतिक संरचना गैरकानुनीय रुपले बनाएको भन्दै चीनले विरोध गर्दै आएको छ । पछिल्लो समय उत्तरी सिक्कमको नाथुला क्षेत्रमा भारत र चीनका सेनाबीच झडपसमेत भएको थियो । त्यतिबेला लद्दाखमा सीमा रेखा नजिक चिनियाँ सेनाका हेलिकप्टर देखिएको भारतीय पक्षको भनाइ छ । त्यसपछि भारतले आफ्ना वायु सेना र लडाकु विमानमार्फत् हवाई गस्ती सुरु गरेको थियो । भारत र चीनबीच जारी तनावलाई अन्त्य गर्न पटक पटक डिभिजनस्तरमा वार्ता भइरहे पनि विफल हुँदै आएको छ । सीमा क्षेत्रमा चीनले आफ्ना सैनिक तैनाथ गर्दा पनि विरोध गर्ने भारतले नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग भने वर्षौंदेखि गैरकानुनी रुपले कब्जा गरेर सेना राखेको छ । पछिल्लो समय भारतले नेपाली भूमिलाई मिचेर लिपुलेक हुँदै मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको छ । भारतको यो हेपाहा प्रवृत्तिको नेपालमा तीव्र विरोध भइरहेको छ भने नेपाल सरकारले नेपाली भूमिबाट सैनिक तत्काल हटाउन भारतलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!