आइतबार, पौष १३, २०७६ || 1197  पटक पढिएको

हिपमत डटकम
स्याङ्जा,पौष १३:

बहुजातिय जातजाती र उनीहरुका बहुसाँस्कृतीक संस्कार र पर्बले नेपाललाई बहु साँस्कृतिक विविधताले सजाएको छ । यहाँका बिभिन्न जातजाती मध्ये गुरुङ समुदायको महान पर्ब तमु ल्होसार नजिकिँदै गर्दा बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।
सोही अबशरमा तमु ह्रयुला छोजधी ( गुरुङ् राष्ट्रिय परिषद ) जिल्ला कार्यसमिति स्याङ्जाले पनि तमु ल्होसारको अबसरमा शुभकामना आदनप्रदान सम्पन्न गरेको छ । मृग बर्गको अन्त्य र मुसा बर्गको आगमनलाई स्वागत गर्दै शुभकामना आदनप्रदान गरिएको हो । हरेक पुस १५ लाई देशभरका तमु समुदायले तमु ल्होसार पर्बको रुपमा मनाउँदै आएका छन् ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्को प्रमुख आथित्यता आयोजना भएको तमु ल्होसार २०७६ को शुभकामना आदन प्रदान कार्यक्रममा गुरुङ्ले सबै जातजातीको चाडपर्बलाई सरकारले समान व्यवहार गर्नपर्ने बताए । अनुकुलता अनुशार बिदा दिनुभन्दा सबै जातीय पर्बलाई साझा रुपमा हेर्न आबाश्यक रहेको बताउँदै उनले भने , ‘ सबै जातजातीको संस्कार संस्कृती साझा बन्यो भने समाजमा एकताको बिकाश हुन्छ । सामाजिक एकताले नै राष्ट्र बलियो बनाउँछ । ’ हिजो बिभिन्न पर्ब र चाडको नाममा बिदा दिने , अहिले कटौती गर्ने संस्कारले कुनै सम्प्रदायको सम्मानमा आँच आउने व्यवहार गर्न नहुने उनले बताए । एक जातीले मनाउने पर्बमा अर्को जाती र धर्मावलम्बीले मेरो पनि चाड हो भन्ने संस्कारको बिकाश भए राष्ट्र समृद्ध बन्नेमा उनको जोड थियो ।
शुभकामना आदनप्रदान कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, परिषदका केन्द्रिय सदस्य मिनबहादुर गुरुङ, गण्डकी प्रदेशका पदमराज गुरुङ, सोनी गुरुङ्, जनजाती महासंघ स्याङ्जाका अध्यक्ष जुमकाजी गुरुङ्, तमु सेवा इकाईका भोजराज गुरुङ, यामबहादुर गुरुङ लगायतका बक्ताहरुले धर्म संस्कृतिको संरक्षण गर्दै तमु ल्होसारको शुभकामना दिएका थिए ।
गण्डकी प्रदेशले ल्होसारकै अबशरमा पुस १५ मा सार्बजनिक बिदा दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष रवि गुरुङ्को सभापतित्वमा सम्पन्न भएको शुभकामना आदनप्रदान कार्यक्रमको संचालन टिकराज गुरुङ् र स्वागत सोमबहादुर गुरुङ्ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!