चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।

जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

जिनपिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’

जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो ।

स्रोतः हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!