हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 336  पटक पढिएको

बनियानी — झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा आज बिहान हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ।

डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ। हात्तीको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकका अनुसार चालू आर्थिक वर्षमा मात्रै झापामा दुई वटा हात्ती मृत फेला परेका छन्। यसैगरी, हात्तीको आक्रमणबाट चालू आर्थिक वर्षमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!